आइतबार, चैत १, २०८२

दिल्ली विधानसभा चुनाव: आप फेरि दुईतिहाई बहुमततर्फ

दिल्ली विधानसभा चुनावको जारी मतगणनामा सत्ताधारी दल आम आदमी पार्टी (आप) ले दुईतीहाई भन्दा बढी स्थानमा अग्रता लिएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

नयाँ दिल्ली– दिल्ली विधानसभा चुनावको जारी मतगणनामा सत्ताधारी दल आम आदमी पार्टी (आप)ले दुईतिहाईभन्दा बढी स्थानमा अग्रता लिएको छ।

National life

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये आपले ५४ स्थानमा अग्रता बनाएको छ। यस्तै, भारतीय जनता पार्टी (भाजपा)ले १५ र कांग्रेस आई १ स्थानमा अगाडि छन्।

दिल्ली विधानसभामा बहुमतका लागि ३६ र दुईतिहाईका लागि ४७ सिट आवश्यक हुन्छ।

गत शनिबार सम्पन्न चुनावमा ६२.५९ प्रतिशत मतदान भएको थियो।

यसअघि सन् २०१५ मा भएको चुनावमा आपले ६७ र भाजपाले ३ सिटमा जित हासिल गरेका थिए।

Laxmi sunrise bank
kumari

मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियाले पनि आफ्ना आफ्ना स्थानमा अग्रता लिएका छन्।  

पछिल्लो पटक तीन सीट जितेको भाजपाको प्रदर्शन सुधारिएको देखिएको छ। पछिल्लो चुनावमा एक सीट पनि नजितेको कांग्रेस अहिलेसम्म एक स्थानमा मात्र अघि देखिएको छ।  

प्रारम्भिक परिणाम आउँदै गर्दा आपको दिल्लीस्थित मुख्यालयमा उत्सव मनाउन सुरु भइसकेको छ।  अरविन्द केजरीवाल पनि कार्यालय पुगिसकेका छन्।

यसपटकको निर्वाचनबाट भाजपाले दिल्लीमा २२ वर्षपछि सत्ताको साँचो हात पार्ने अपेक्षा राखेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र अन्य राज्यका मुख्यमन्त्रीहरु समेत प्रचारमा सहभागी भएका थिए । तर, भाजपाको अपेक्षामा पानी पोखिएको छ।

प्रकाशित: Feb 11, 2020| 09:21 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।