आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जुठो खाएपछि एकै परिवारका नौ जना कोरोनाबाट संक्रमित, एकै दिनमा ९७ को मृत्यु

जुठो खाएपछि एकै परिवारका नौ जना कोरोनाबाट संक्रमित, एकै दिनमा ९७ को मृत्यु

हङकङमा एक अर्काको जुठो खाँदा एकै परिवारका नौ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
 |  सोमबार, माघ २७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २७, २०७६

एजेन्सी- हङकङमा एक अर्काको जुठो खाँदा एकै परिवारका नौ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

National life

साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार उनीहरुले एक अर्काको जुठो खाएकै कारण नौ जनालाई नै कोरोना भाइरस सरेको पुष्टि भएको हो । नौ मध्ये को को पहिल्यै कोरोनाबाट संक्रमित थिए र क कसलाई पछि सर्यो भन्ने बारे भने खुल्न नसकेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएर आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।

कोरोनाबाट एकै दिनमा ९७ को मृत्यु, मर्नेको संख्या ९०८ पुग्यो

नोवेल कोरोना भाइरसबाट आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो ।

Laxmi sunrise bank
kumari

चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको छ। अहिलेसम्म चीनमा नोवेल कोरोनाका ४० हजार १७१ जना संक्रमित भएको पुष्टि भएको छ ।

हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

 

प्रकाशित: Feb 10, 2020| 09:32 सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।