शुक्रबार, चैत ६, २०८२

हामीले दबाब नै राख्न सकेनौँ : कप्तान मल्ल

नेपालले ओमानसँग दोस्रोपटक हार बेहोरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा ८ विकेटको हार बेहोरेसँगै नेपालले ओमानसँगका दुबै खेल हारेको हो।
 |  आइतबार, माघ २६, २०७६

विनय सापकोटा

विनय सापकोटा

आइतबार, माघ २६, २०७६

काठमाडौं- नेपालले ओमनसँग दोस्रोपटक हार बेहोरेको छ। आइतबार कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा ८ विकेटको हार बेहोरेसँगै नेपालले ओमनसँगका दुवै खेल हारेको हो।

National life

कप्तान ज्ञानेन्द्र मल्लले ओमनी टोलीमाथि दबाब बनाउन नसकेकाले हारेको बताए। उनले भने, ‘जसरी उनीहरुले ब्याटिङ गरिरहेका थिए, हामीले दबाब नै बनाउन सकिरहेको थिएनौँ।’

उनले थपे, ‘हामीले अन्तिम ओभरसम्म राम्रो बलिङ गरे पनि विकेट निकाल्न सकेनौँ।’

खेलको क्रममा आरिफ शेखले एक 'क्याच' मिस गरेका थिए। यसै प्रसंगलाई इंगित गदैं कप्तान मल्लले अब आउने खेलमा ससानो गल्तीलाई पनि सुधार गरेर लैजाने बताए। उनले राम्रो टिमसँग खेल्दा सानो गल्तीले पनि ठूलो हानी गर्ने बताउँदै सजग भएर खेल्ने पाठ सिकेकोसमेत बताए।

त्यस्तै, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवालले नेपालको आजको हार ठूलो रहेको बताए। तर पनि प्रशिक्षक पटवालले नेपालको प्रदर्शन राम्रो रहेको दाबी गरे।

Laxmi sunrise bank
kumari


प्रशंसकलाई जर्सी उपहार

ओमनका ब्याट्सम्यान तथा अलराउन्डर अक्विव इल्लियसले नेपाली समर्थकलाई जर्सी उपहार दिएका छन्। उनले खेलको समाप्तिपछिको पत्रकार सम्मेलनमा नेपालको क्रिकेट क्राउड आफूलाई मन परेकाले जर्सी दिएको बताए।

उनले भने, ‘नेपालमा जस्तो क्रिकेट क्राउड मैले कहिल्यै पनि देखेको छैन। अब म कहिले नेपाल आउने हो थाहा पनि छैन। त्यसैले मैले जर्सी नेपाली फ्यानलाई दिएको हुँ।’

एक सय आठ बलमा अविजित १०९ रन बनाएका इल्लियस आजको खेलको म्यान अफ दि म्याच बने। उनी नेपालमा आयोजना भएको त्रिकोणात्मक सिरिजमै पहिलोपटक शतक प्रहार गरेर म्यान अफ दि म्याच भएका थिए।

प्रकाशित: Feb 09, 2020| 19:18 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।