बुधबार, भदौ ३, २०८३

प्रेमिकाले फोन नउठाएको झोँकमा घाँटी रेटेर हत्या

विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा शव भेटिएकी सम्झाना खत्री (परियार) को फोन नउठाएको झोकमा उनकै प्रेमीबाट हत्या भएको खुलेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

विराटनगर- विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा शव भेटिएकी सम्झना खत्री (परियार) को फोन नउठाएको झोँकमा उनकै प्रेमीबाट हत्या भएको खुलेको छ।

शुक्रबार बिहान घाँटी काटेर सलले बेरेको अवस्थामा शव भेटिएको दुहबी–६ की ३२ वर्षीया सम्झनाको हत्या उनका प्रेमी सप्तरी कृष्णश्रवण गाउँपालिका–३ घर भई बुढीगंगा गाउँपालिका ३ पोठियामा डेरा गरी बस्ने २५ को सुरेन्द्र प्रसाद साहले गरेको प्रहरीले जनाएको छ।

क्वालिटी नुडल्स कम्पनीमा स्टोर इन्चार्जको रूपमा कार्यरत साहले बारम्बार फोन गर्दा पनि नउठाएपछि आवेगमा सम्झनाको घाँटीमा सल बेरेर हत्या गरेको खुलेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

साहले मंगलबार बारम्बार फोन गर्दा पनि सम्झनाले फोन नउठाएको र बेलुकी भेट हुँदा रिसको झोँकमा हत्या गरेको अनुसन्धानबाट खुलेको अधिकारीले बताए।

‘फोन नउठेपछि १२ बजेतिर घरमै गएछन् र घरमा समेत नभेटेपछि पुनः कम्पनीमा आएर काम गरेछन्,’ अधिकारीले भने, ‘बेलुकी पुनः खोज्न जाँदा बाँसबारी चोक अगाडि सम्झनालाई भेटेर मोटरसाइकलमा लगेर हत्या गरेको स्वीकारेका छन्।’

सुरुमा सम्झनाले फोन नउठाएको र पछि स्विच अफ गरेपछि साहले आफू रिसाएको प्रहरीसमक्ष बयान दिएका छन्। दिनभर कता गएको र किन फोन नउठाएको भनेर सोध्दा नभनेपछि आफूले रिसको झोँकमा उनैको सलले घाँटी बेरेको र पछि बेहोस हुँदा घिसार्दै लगेर बाँसले घाँटीमा घोपेर हत्या गरेको साहले बयान दिएको अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार सम्झना र सुरेन्द्रको ३ वर्षदेखिको सम्बन्ध रहेको खुलेको छ। सम्झनाका पति कामको सिलसिलामा इलाममा रहेकोले सुरेन्द्र र सम्झनाको दिनहुँजसो भेट हुने गरेको अधिकारीले बताए। सुरेन्द्रले सोमबार मात्रै सम्झनाको घरमै शारीरिक सम्बन्ध राखेको बयान दिएको अधिकारीले सुनाए।

साहले प्रयोग गर्ने मोटरसाइकलसमेत बरामद गरी उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 09, 2020| 17:55 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।