बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारत : गुडिरहेको बसले बिजुलीको तार छुँदा आगलागी, ६ को मृत्यु

भारत : गुडिरहेको बसले बिजुलीको तार छुँदा आगलागी, ६ को मृत्यु

ओडिसाको गंजाम जिल्लास्थित गोलन्तारामा एउटा गुडिरहेको बसमा बिजुलीको तारले छुँदा बसमा आगलागी भएको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

भारत- ओडिसाको गंजाम जिल्लास्थित गोलन्तारामा एउटा गुडिरहेको बसमा बिजुलीको तारले छुँदा बसमा आगलागी भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

National life

प्रहरीका अनुसार जंगलपाडुबाट चिकरादा जाँदै गरेको बस ११ किलो वाटको बिजुलीको तारमा छोइएको थियो। जसका कारण बसमा आगलागी भएको थियो।

आइतबार एउटा गाउँमा बिहेको तयारीमा जान लागेका यात्रुहरु बोकेको बस दुर्घटनामा परेको हो।

दुर्घटनालगत्तै स्थानीयहरु बसमा पुगेर भित्र रहेका यात्रुहरुको उद्धार गरेका थिए।

नजिक रहेको प्रहरी र दमकलले तत्कालै काम सुरु गरेपछि ठूलो क्षति हुन नपाएको अधिकारीहरुले जनाएका छन्।

बसमा बिजुलीको तार छोइएको थाहा पाउनासाथ विद्युत कार्यालयले विद्युत प्रसारण काटिदिएको थियो।

प्रकाशित: Feb 09, 2020| 17:43 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।