आइतबार, चैत १, २०८२

कोरोना भाइरसविरुद्धको खोप बनाउन जुटे वैज्ञानिक

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

सिंगापुर– अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले महत्वाकांक्षी करोडौं डलरको अभियानका साथ खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् ।

National life

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७,००० भन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् ।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ । तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको समर्थन प्राप्त हुने विश्वास छ । अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन् ।

“अहिले साँच्चिकै दबाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ,” अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका एक जना वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले बताए । उनले विश्वका धेरै टोलीहरु एउटै अभियानमा जुटिसकेकाले आफूलाई खुशी लागेको बताए । “आशा छ, यीमध्ये कुनै न कुनै एक सफल हुनेछ र यो प्रकोप साम्य हुनेछ,” उनले भने ।

तर, छ महिनाको समयावधि पनि कोरोनाको सङ्क्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ । जङ्गली जनावरहरू बेचबिखन गर्ने बजारबाट फैलिएको आशंका गरिएको कोरोना भाइरसका कारण चीनको मुख्य भूमिमा दैनिक झन्डै १०० जनाको ज्यान गइरहेको छ ।

Laxmi sunrise bank
kumari

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउनका लागि सन् २०१७ मा गठन भएको “कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स” (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ । निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि यस संस्थाले वित्तीय सहायता जुटाउँछ ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ ।

यी परियोजनाहरुबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ । सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखिएको बताए ।

जर्मन बायोफर्मास्युटिकल कम्पनी क्युरभ्याक र अमेरिकी मोडर्ना थेराप्यूटिक्सले “मेसेन्जर–आरएनए” (प्रोटिन उत्पादन गर्न शरीरलाई निर्देशन दिने औषधिं) मा आधारित खोपहरु विकास गर्दैछन् । अर्को अमेरिकी कम्पनी इनोभियोले डीएनए–आधारित प्रविधि प्रयोग गरिरहेको छ ।

सिंगापुरस्थित ड्युक–एनयुएस मेडिकल स्कुलका सङ्क्रामक रोगसम्बन्धी कार्यक्रमका उपनिर्देशक ओई इङले डीएनए र आरएनए–आधारित भ्याक्सिन (खोप)हरूले भाइरसको आनुवांशिक पक्षलाई ध्यानमा राखेर त्यसलाई नियन्त्रणमा ल्याउने बताए । प्रोटिनयुक्त खोपले शरीरको प्रतिरोधक प्रणालीलाई मजबूत बनाउने र त्यसले कोरोना भाइरसलाई पत्ता लगाउन र त्यस विरुद्ध आक्रमण गर्न सक्षम हुन्छ ।

अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले विश्वविद्यालयका वैज्ञानिकले आविश्कार गरेको “मोलिकुलर क्लाम्प” प्रविधि प्रयोग गरिरहेका छन् । यस प्रविधिबाट डीएनए विधि अनुशरण गरी खोप निर्माण गरिन्छ ।

पाश्चर इन्स्टिच्यूटका फ्रान्सेली वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्ध काम गर्न दादुरा खोपलाई परिमार्जन गर्दैछन् तर यो २० महिनायता तयार हुने आशा गर्न सकिन्न ।

यसैबीच, चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरू विकास गर्न थालेको छ ।

लाभ र जोखिम
स्वास्थ्य अधिकारीहरूले खोप प्रयोगका सन्दर्भमा जोखिम र फाइदाहरूमाथि विचार गर्न सक्छन् । यदि सार्वजनिक स्वास्थ्य आपतकालीन स्थितिमा छ भने प्रक्रिया छोट्याउन सकिन्छ, ओईले बताए । उनले भने, “यदि स्थितिमा सुधार भयो भने खोप बनाउन पर्याप्त समय लिए हुन्छ।”

कोरोना भाइरसका लागि कुनै खोप नभएको अवस्थामा केही चिकित्सकहरूले सङ्क्रमितहरूको उपचार गर्न एन्टि–रेट्रोभाइरल र फ्लू औषधीहरूको प्रयोग गरिरहेका छन्, तर यी औषधि प्रभावकारी छ कि छैन भन्ने थाहा हुन सकेको छैन ।

अन्ततः वैज्ञानिकहरू २००२–२००३ का बखत फैलिएको श्वासप्रश्वास रोग सार्सको प्रकोपको अवस्थामा पुग्न सक्छन् । त्यसबखत खोप विकास गर्नुअघि नै औषधिको प्रयोगबाट सार्स नियन्त्रणमा आइसकेको थियो ।

नयाँ कोरोना भाइरस जस्तै प्रकृतिको सार्सका कारण लगभग ८०० जनाको ज्यान गएको थियो । तर सिंगापुरको बायोटेक कम्पनी एक्युमेन रिसर्च लेबोरेटरीजकी निर्देशक ओङ सिउ ह्वाले नयाँ भाइरसको खोप विकास गर्ने प्रयास जारी नै राख्नु पर्ने बताए ।

“मलाई लाग्छ खोप निश्चित रूपमा आवश्यक छ,” उनले भने, “यस पटक यस्तो खोप काम नलागे पनि अर्को पटकका लागि अत्यावश्यक हुनेछ ।”
रासस

प्रकाशित: Feb 09, 2020| 14:22 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।