बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार गुलामी मानसिकताले ग्रस्तः नेकपा माओवादी (क्रान्तिकारी)

सरकार गुलामी मानसिकताले ग्रस्तः नेकपा माओवादी (क्रान्तिकारी)

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) ले केपी ओली नेतृत्वको सरकार गुलामी मानसिकताले ग्रस्त रहेको आरोप लगाएको छ ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

जनकपुरधाम– मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) ले केपी ओली नेतृत्वको सरकार गुलामी मानसिकताले ग्रस्त रहेको आरोप लगाएको छ । एमसीसी सम्झौता गर्न आतुर हुनुले सरकारको गुलामी मानसिकतालाई प्रष्ट पारेको उसले जनाएको छ ।

नेकपा माओवादी (क्रान्तिकारी) का प्रवक्ता हरिभक्त कँडेलले एमसीसी सम्झौता खारेज नगरिए हदैसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरमा पत्रकार सम्मेलन आयोजना गरी कँडेलले एमसीसी सम्झौता गरेर सरकार मुलुकलाई विदेशीहरुको जिम्मा लगाउन खोजेको आरोप लगाए ।

चीन तथा भारतले अतिक्रमण गरेको नेपाली भू–भाग फिर्ता र एमसीसीको विरोधमा आफूहरु सहित ९ वामदल विरोधमा उतरिसकेको उनले जानकारी दिए ।

छिमेकी राष्ट्रबाट नेपाली भू–भागको अतिक्रमण र एमसीसीविरुद्ध उनको पार्टीले देशभर अभियान सञ्चालन गरिरहेको कँडेलको भनाइ थियो । उनले विभिन्न सन्धि सम्झौताको नाउँमा कम्युनिष्ट नेतृत्वको सरकारले मुलुकलाई गुलाम बनाउन खोजेको आरोप लगाए ।

एमसीसीमा उल्लेख गरिएका गुणस्तर सडक र विद्युत प्रसारण ग्रिडलगायतका बुँदा देश र जनतालाई सय वर्षसम्म विदेशीको गुलाम बनाउने निश्चित रहेको कँडेलले बताए ।

प्रकाशित: Feb 09, 2020| 10:07 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।