सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिनी खेलाडीले स्वास्थ्य मापदण्ड पालना नगरेपछि ब्राजिलसँगको खेल स्थगित

अर्जेन्टिनी खेलाडीले स्वास्थ्य मापदण्ड पालना नगरेपछि ब्राजिलसँगको खेल स्थगित

अर्जेन्टिनाका खेलाडीले स्वास्थ्य मापदण्ड पालना नगरेपछि फिफा विश्वकप छनोटअन्तर्गत आइतबार ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– अर्जेन्टिनाका खेलाडीले स्वास्थ्य मापदण्ड पालना नगरेपछि फिफा विश्वकप छनोटअन्तर्गत आइतबार ब्राजिल र अर्जेन्टिनाको खेल स्थगित भएको छ। ब्राजिलको कारिन्थियन्स एरिनामा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु भएको खेल पाँच मिनेटमै स्थगित भएको हो।

National life

ब्राजिलमा इंग्ल्यान्डबाट जाने जोकोहीले पनि १४ दिनको क्वारेन्टिन बस्नुपर्ने नियम छ। कोभिड महामारीका कारण ब्राजिल सरकारले यो कोभिड प्राटोकल ल्याएको हो। त्यसैले इंग्ल्यान्डमा इंग्लिस प्रिमियर लिग खेलेका चार खेलाडीले कोभिड प्रोटोकल पालना नगरेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीले खेल स्थगन गराएका थिए।

साउ पाउलोमा भइरहेको खेलमा चार जना प्रिमियर लिग खेल्ने खेलाडी थिए। त्यसमा एस्टन भिल्लाका इमिलियानो मार्टिनेज र इमिलियाना बुएन्डिया र टोटेनहम हट्सपरका जिओभानी लो सेल्सो र क्रिस्टियन रोमेरो थिए।

त्यसमध्ये मार्टिने, लो सेल्सो र रोमेरेले साउ पाउलोमा पहिलो रोजाइमा खेलिरहेका थिए। खेल स्थगित भएपछि अर्जेन्टिना र ब्राजिलको खेल अब कहिले हुने विषयमा निर्क्योल भइसकेको छैन। अर्जेन्टिनी टिम भने बोलिभियासँगको अर्को विश्वकप छनोट खेलको तयारी गरिरहेको छ।

बोलिभियाविरुद्ध अर्जेन्टिनाको खेल सेप्टेम्बर १० मा हुनेछ। यता फिफाले खेलबारे बाँकी कुरा पछि निर्धारण गरिने सूचना सर्वजनिक गर्दै खेल स्थगन भएको आधिकारिक जानकारी दियो।

Laxmi sunrise bank
kumari

खेलको केही समयपछि ब्राजिलका खेलाडीहरु मैदानमा अभ्यास गरिरहेका थिए। त्यसपछि दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोन्मेबलले ‘खेलका रेफ्रीहरुको निर्णय मान्दै फिफाले आयोजना गरेको ब्राजिल र अर्जेन्टिना खेल स्थगित गरिएको छ’ भन्ने सूचना सार्वजनिक गरेको थियो।

‘रेफ्री र म्याच कमिसनरले फिफा अनुशासनसम्बन्धी प्रतिवेदन पेश गर्नेछन्। त्यो प्रतिवेदनले के कारवाही गर्ने वा नगर्ने भन्ने सन्दर्भमा निर्णय गर्नेछ। यो प्रकृया अहिलेको नियमसँग सम्बन्धित रहनेछ,’ कोन्मेबलले लेखेको छ।

यता अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कलोनी खेल स्थगनको विषयलाई लिएर निकै आक्रोशित भएका छन्। ‘यसले मलाई धेरै दुःखी बनायो,’ उनले भने, ‘यहाँ जे भयो त्यसको दोषी हामी होइनौँ। त्यो वास्तवमै खेल रोक्ने समय थिएन।’

उनले थपे, ‘विश्वका उत्कृष्ट खेलाडीहरु खेलिरहँदा सबैले खुसी मनाउनु पर्ने हो जस्तो लाग्छ। म अर्जेन्टिनाका समर्थकलाई आग्रह गर्न चाहन्छु कि म प्रशिक्षक भएका नाताले मैले मेरा खेलाडीको बचाउ गर्नुपर्छ।’

उनले त्यसअघि कुनै पनि समयमा खेल्न नपाउनेबारे सूचना नदिइएको पनि बताएका छन्। ‘हामी खेल्न चाहन्थ्यौँ, ब्राजिलियन खेलाडी पनि खेल्न चहान्थे,’ उनले भने।


प्रकाशित: Sep 06, 2021| 11:33 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।