आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कर्नेललाई गोली हानेर निस्किएका सैनिकले जथाभावी गोली चलाउँदा २५ को मृत्यु

कर्नेललाई गोली हानेर निस्किएका सैनिकले जथाभावी गोली चलाउँदा २५ को मृत्यु

आफ्नै कर्नेललाई गोली हानेर सैनिक क्याम्पबाट निस्किएका एक सैनिक जवानले सपिङ मल अन्धाधुन्द गोली चलाउँदा २५ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

एजेन्सी- आफ्नै कर्नेललाई गोली हानेर सैनिक क्याम्पबाट निस्किएका एक सैनिक जवानले सपिङ मलमा अन्धाधुन्ध गोली चलाउँदा २५ जनाको मृत्यु भएको छ।

National life

थाइल्यान्डकाे उत्तर पूर्वी क्षेत्रस्थित नाखोन सहरको सपिङ सेन्टर र बुद्धिष्ट मन्दिरमा सैनिक जवानले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।

रक्षा मन्त्रालयका अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि ती सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेका थिए ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाइ प्रहरीले जनाएको छ ।

घटनास्थलमा थाई प्रधानमन्त्री प्युट चान पुगेका छन्। उनले दोषीमाथि कडा सजाय हुने र पीडितलाई क्षतिपूर्ति दिलाउने प्रतिवद्धता जाहेर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित: Feb 09, 2020| 09:05 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।