बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा कोरोनाबाट एकैदिनमा ८९ काे मृत्यु, अफवाह नफैलाउन डब्लुएचओको चेतावनी

चीनमा कोरोनाबाट एकैदिनमा ८९ काे मृत्यु, अफवाह नफैलाउन डब्लुएचओको चेतावनी

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ।
 |  आइतबार, माघ २६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ २६, २०७६

काठमाडौं– चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ।

National life

शनिबारसम्म ३३ हजार ७ सय ३८ जनामा भाइरस संक्रमण भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको र दुई हजार ६ सय ५६ नयाँ बिरामी फेला परेको उल्लेख छ।

चीनमा डिसेम्बरको अन्त्यमा फैलिएको संक्रमणबाट अहिलेसम्म दुई जना विदेशी नागरिकको पनि ज्यान गएको छ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसबारे अफवाह नफैलाउन चेतावनी दिएको छ।

डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरूलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको हो।

उपचारमा संलग्न डाक्टरहरूको तस्बिरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पति र असरबारे भ्रम फैलाउने, संक्रमण र मृत्युबारे अनर्गल प्रचार गर्नेलगायत क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित: Feb 09, 2020| 08:28 आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।