बुधबार, भदौ ३, २०८३

कान्तिपुर सिटी कलेजमा प्रहरीको लाठीचार्ज

पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा शनिबार प्रहरीले लाठीचार्ज गर्दा केही शिक्षक र विद्यार्थी घाइते भएका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा शनिबार प्रहरीले लाठीचार्ज गर्दा केही शिक्षक र विद्यार्थी घाइते भएका छन् ।

एक सातादेखि क्याम्पस सुधारका विभिन्न माग राखेर आन्दोलनरत अनेरास्ववियूको मागको बेवास्ता गर्दै क्याम्पसले जबर्जस्ती ताला खोलेपछि आक्रोशित विद्यार्थीले क्याम्पसमा तोडफोड र नाराबाजी गरेका थिए।

सोही क्रममा प्रहरी क्याम्पसभित्र प्रवेश गरी अन्धाधुन्ध लाठीचार्ज गरेको एक विद्यार्थीले बताए। झडपपछि प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको छ। झडपमा घाइते भएका विद्यार्थीको काठमाडौं मोडल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

विद्यार्थी संगठनले विभिन्न माग राखी कलेजमा तालाबन्दी गरेकोमा कलेज प्रशासनले प्रहरी लगाएर ताला फोड्न खोज्दा तनाव उत्पन्न भएको हो ।

कलेजले विज्ञप्ति निकाल्दै लाठीचार्जबाट घाइते भएका शिक्षक तथा विद्यार्थीको स्वास्थ्य लाभको कामना गरेको छ । साथै सरोकारवाला पक्षसँग वार्ताको माध्यमबाट समस्या समाधानका लागि आग्रह गरेको छ ।

प्रकाशित: Feb 08, 2020| 20:59 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।