बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार र अख्तियारविरुद्ध जनकपुरमा नेविसंघको प्रदर्शन

सरकार र अख्तियारविरुद्ध जनकपुरमा नेविसंघको प्रदर्शन

नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

जनकपुरधाम- नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बालुवाटार जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिइएको भन्दै सरकार र अख्तियारविरुद्ध जनकपुरमा प्रदर्शन गरेको छ।

सत्ताको दम्भमा आफूनिकटलाई उन्मुक्ति दिँदै कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई फसाएको भन्दै नेविसंघले शनिबार जनकपुरमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धानविरुद्ध प्रदर्शन गरेको हो।

बालुवाटार जग्गा प्रकरणमा मुख्यदोषीहरुलाइ उन्मुक्ति दिएर सरकारले राजनीतिक पूर्वाग्रह प्रदर्शन गरेको र अख्तियार पनि सरकारकै मतियार बनेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।

जग्गा प्रकरणका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, तत्कालीन मुख्यसचिव लिलामणी पौडेललाई उन्मुक्ति दिएर उपसभापति गच्छदारमात्र किन फसाइएको भन्दै उनीहरुले प्रश्न गरेका छन्।

राजनीतिक पूर्वाग्रहको हिसाबले लगाइएको गच्छदारविरुद्धक मुद्दा फिर्ता लिन उनीहरुले माग गरेका छन्।

नेविसंघ राराब क्याम्पस इकाई समितिका सभापति सुजित यादवको अध्यक्षता तथा नेपाली कांग्रेस धनुषाका नेता नरेश यादवको आतिथ्यमा भएको विरोध कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य स‌जीव यादव, तरुण दलका पूर्व केन्द्रीय सदस्य नवल यादव, नेविसंघ धनुषाका नेता संजय यादव, पुष्पेन्द्र गोइतलगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 08, 2020| 17:23 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।