बुधबार, भदौ ३, २०८३

चिकित्सक संघमा लोकतान्त्रिक प्यानलको अग्रता

नेपाल चिकित्सक संघको जारी मतगणनामा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं– नेपाल चिकित्सक संघको जारी मतगणनामा लोकतान्त्रिक प्यानलले अग्रता लिएको छ।

१५ सय ११ मतगणना हुँदा अधयक्षमा लोकतान्त्रिक प्यानलका लोचन कार्कीले ९३३ मत ल्याएका छन् भने सत्तारुढ नेकपानिकट मानिने प्रगतिशील प्यानलका पुष्पमणि खरालले ५६२ मत ल्याएका छन्।

सबैभन्दा बढी मत उपाध्यक्षका उम्मेदवार अनिल कार्कीले १०५६ ल्याएका छन्। उनका प्रतिद्वन्द्वी रञ्जितकुमार झाले ४०२ ल्याएका छन्।

संघको २८औं कार्यकारिणी समितिको निर्वाचनमा कुल १३ पदका लागि दुई प्यानलका २६ र चार स्वतन्त्र उम्मेदवार मैदानमा छन्।।

प्राप्त मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठले ८८१ र रक्षा श्रेष्ठले ५६२ ल्याएका छन्। शिवप्रसाद लोकतान्त्रिक समूहका हुन्।

यस्तै महासचिवमा अजयकुमार मिश्रले १२९, बद्री रिजालले ६०३, दीपेन्द्र पाण्डेले २८१ र मधुर बस्नेतले ४६५ मत ल्याएका छन्।

महासचिवको अग्रता लिने रिजाल पनि लोकतान्त्रिक समूहका हुन्। कोषाध्यक्षमा प्रकाश बुढाथोकी (लोकतान्त्रिक) ८३७ र सञ्जितकुमार साहले ७८९ मत ल्याएका छन्।

मत गणनाको अन्तिम परिणाम सोमबारसम्म आउने संघले जनाएको छ।

प्रकाशित: Feb 08, 2020| 13:05 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।