शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइसरबाट एकै दिन ८६ को मृत्यु, नियम उल्लंघन गरे मृत्युदण्ड

कोरोना भाइसरबाट एकै दिन ८६ को मृत्यु, नियम उल्लंघन गरे मृत्युदण्ड

कोरोना भाइरस संक्रमणबाट चीनमा शुक्रबार एकै दिन ८६ जनाको मृत्यु भएको छ।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

बेइजिङ : कोरोना भाइरस संक्रमणबाट चीनमा शुक्रबार एकै दिन ८६ जनाको मृत्यु भएको छ।

भाइरस संक्रमणबाट योसहित मर्नेको संख्या ७२० पुगेको छ। दुईबाहेक मृतक सबै चीनका छन्।

विश्वका २७ देशका ३४ हजार ४०० मानिसमा कोरोना भाइरस संक्रमण भएको छ।

चीन सरकारले महामारी नियन्त्रणमा अवरोध गर्नेमाथि कारबाही गर्न कडा नियम जारी गरेको छ।

नियम उल्लंघन गर्नेलाई तत्काल पक्राउ गरी मृत्युदण्डसम्मको सजाय दिइने अधिकारीहरूलाई उधृत गर्दैै सीएनएनले जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग, सर्वोच्च अदालत र सार्वजनिक सुरक्षा मन्त्रालयले चिकित्सासम्बन्धी सातबुँदे नियम जारी गरेको हो।

 

 

प्रकाशित: Feb 08, 2020| 11:20 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।