शनिबार, साउन २३, २०८३

शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथो पटक सफलताका साथ कलेजो प्रत्यारोपण गरिएको छ। शुक्रबार साँझ काठमाडौंका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीय छोरीले कलेजो दिएकी थिइन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चौथो पटक सफलताका साथ कलेजो प्रत्यारोपण गरिएको छ। शुक्रबार साँझ काठमाडौंका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीय छोरीले कलेजो दिएकी थिइन्।

दुबैको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालका प्रत्यारोपण चिकित्सक प्रा.डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो। जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। कलेजो प्रत्यारोपणको लागि झण्डै तीन महिनामा पालो आउने र २५ लाख रुपैयाँ खर्च लाग्ने डा.भण्डारीले जानकारी दिए।

प्रकाशित: Feb 08, 2020| 10:20 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्