बिहीबार, भदौ ४, २०८३

अज्ञात समूहको आक्रमणबाट दुई प्रहरी घाइते

अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा शुक्रबार राति आक्रमण प्रयास गरेका गरेका छन्।
 |  शनिबार, माघ २५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ २५, २०७६

सिन्धुपाल्चोक - अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा शुक्रबार राति आक्रमण प्रयास गरेका गरेका छन्। मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ जनाको समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौं लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए। आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए।

प्रकाशित: Feb 08, 2020| 08:42 शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।