नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्लीमा आज विधान सभाका लागि मतदान भैरहेको छ। नेपाली समयअनुसार बिहान सवा ८ बजेबाट मतदान सुरु भएको हो।
विधानसभाका ७० सिटका लागि ६ सय ७२ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। मतदानमा १ करोड ४७ लाख मतदाता सहभागी हुँदैछन्। चुनावमा सत्तारूढ़ आम आदमी पार्टी, बीजेपी र कांग्रेसका बीच कडा टक्कर हुने अनुमान भारतीय मिडियाहरुले गरेका छन्।
मतदान सुरु हुनुअघि दिल्ली का डेपुटी सीएम मनीष सिसोदिया आज दिल्लीका जनता आफ्ना बालबालिकाको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यका लागि मत जाहेर गर्ने बताए। चुनावका लागि मतदानस्थल तथा समग्र दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
चुनावको नतिजा ११ फेब्रुअरीमा आउने छ।