बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर

आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्चबाट सदर

रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– रौतहटमा सामूहिक हत्याकाण्डका मुख्य आरोपी पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको छ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारुको इजलासले आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने रौतहट जिल्ला अदालतको आदेश शुक्रबार सदर गरेको हो।

रौतहट जिल्ला अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा पठाउन गत कात्तिक २९ गते आदेश गरेको थियो।

त्यस्तै उच्च सरकारी वकील कार्यालय वीरगञ्जले रौतहटमा विचाराधीन मुद्दा पर्सा जिल्ला अदालत सार्न भन्दै पुस १ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगगञ्जमा निवेदन दर्ता गराए पनि इजलासले रौतहटबाट पर्सा मुद्दा सार्नु नपर्ने आदेश गरेको छ।

रौतहटमा मुद्दा चलिरहँदा साक्षीको सुरक्षा, संकलन गरिएका प्रमाणको सुरक्षा नहुने भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकील कार्यालय लगायतले उच्च सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेका थिए।

मुद्दा सार्नका लागि अदालतमा निवेदन दर्ता भएपछि आलमले पनि आफूलाई तारेखमा राखेर मुद्दाको पूर्पक्ष गरी पाउन पुनरावेदन गरेका थिए। अहिले आलम पूर्पक्षका लागि नख्खुस्थित कारागारमा छन्।

रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित आलममथि २०६४ सालको संविधानसभा निर्वाचनमा धाँधली गरी चुनाव जित्ने उद्देश्यले बम बनाउँदै गर्दा विस्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा दर्ता भएको थियो।

प्रकाशित: Feb 07, 2020| 19:01 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।