बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिराटनगर बखरीमा मृतअवस्थामा फेला परेकी महिलाको सनाखत

बिराटनगर बखरीमा मृतअवस्थामा फेला परेकी महिलाको सनाखत

शुक्रबार विहान विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा फेला परेको महिला शवको सनाखत भएको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

विराटनगर– शुक्रबार विहान विराटनगर महानगरपालिका–१२ बखरीस्थित उखुबारीमा फेला परेको महिला शवको सनाखत भएको छ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले ती महिला दुहवी–६ का वसन्त परियारकी पत्नी ३२ वर्षीया सम्झाना खत्री (परियार) रहेको जानकारी दिए।

घाँटीमा काटेको चोट रहेकाले उनको हत्या नै भएको अधिकारीले बताए।

प्रहरीले अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमासमेत लिएको छ। काठमाडौंमा कपडा सिलाउने काम गर्ने वसन्तले अफु मंगलबार मात्र घरमा पुगेको र सोही दिनबाट सम्झना बेपत्ता रहेको प्रहरीलाई जानकारी दिएका छन्।

शुक्रबार उखु काट्न गएका मजदुरले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घट्नास्थल र उनीहरुको घर करिव २० किलोमिटरको दुरीमा छ। उनीहरुको दुई छोराछोरी छन्।

शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।

प्रकाशित: Feb 07, 2020| 18:46 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।