काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छदारको प्रतिनिधिसभा सदस्य पद निलम्वित भएको छ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य गच्छदार स्वतः निलम्बन भएको सूचना प्रकाशन गरेको छ।
सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम माघ २२ गतेदेखि सांसद गच्छदार स्वतः निलम्बन भएको उल्लेख छ।
बालुवाटारमा ललिता निवास क्याम्प भित्रको सरकारी, सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि तत्कालीन मन्त्री गच्छदार सांसद पदबाट स्वतः निलम्बन भएका हुन् ।
गच्छदार नेपाली कांग्रेसका उपसभापति एवम् संसदीय दलका उपनेता समेत हुन्।