बुधबार, भदौ ३, २०८३

चीनलाई नेपालको एकलाख 'मास्क' उपहार

नेपाल सरकारले चीनलाई एक लाख थान 'मास्क' प्रदान गरेको छ। कोरोना भाइरसको संक्रमण चीनमा बढीरहेको अवस्थामा सहयोगस्वरुप नेपालले चीनलाई उक्त संख्यामा मास्क उपलब्ध गराएको हो।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं - नेपाल सरकारले चीनलाई एक लाख थान 'मास्क' प्रदान गरेको छ। कोरोना भाइरसको संक्रमण चीनमा बढीरहेको अवस्थामा सहयोगस्वरुप नेपालले चीनलाई उक्त संख्यामा मास्क उपलब्ध गराएको हो।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीन र नेपाल बीचको सम्बन्धको उपहार स्वरुप चीनका जनतालाई मास्क उपलब्ध गराएको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मास्क हस्तान्तरण गरेका थिए।

चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार ३१ हजारभन्दा बढी संक्रमित छन्। भाइरस संक्रमणबाट बिहीबार ७३ जनाको ज्यान गएको थियो।

प्रकाशित: Feb 07, 2020| 16:27 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।