काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँसगरी आइतबारसम्मका लागि स्थगित गरिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्नेछ।
कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि कांग्रेसले प्रतिनिधिसभाको बैठक विहीबारदेखि अवरुद्ध गर्दै आएको छ।
अख्तियर दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परी आफ्ना नेतामाथि मुद्दा दायर गरेको तर, यसप्रकरणमा 'दोषि देखिएका' नेकपा नेताहरुलाई उन्मुक्ति दिन खोजिएको कांग्रेसको आरोप छ।