काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ।पार्टी उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदार विरुद्ध अदालतमा मुद्दा परेपछि कांग्रेस सडक आन्दोलनमा गएको हो।
बिहीबार कांग्रेस पदाधिकारी र भ्रातृ संगठनका पदाधिकारीहरुको छलफलले सडक आन्दोलनमा जाने घोषणा गरेको थियो। जसअनुसार शुक्रबार कांग्रेसको आयोजनामा नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरुले अख्तियारले पूर्वाग्रहपूर्ण तरिकाले गच्छदारमाथि मुद्दा दर्ता गराएको भन्दै विरोध गरेका थिए। प्रदर्शनकारीहरुले सरकार विरोधी नारासमेत लगाए। आइतबार तरुण दलको नेतृत्वमा प्रदर्शनको तयारी छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)