बुधबार, भदौ ३, २०८३

आफ्नो कुरा राखेर कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले सदन अवरुद्ध गरेको हो।

२० मिनेट ढिलो गरी सुरु भएको बैठकको सुरुमै कांग्रेसका सांसदहरु आफ्नो आशनबाट उठेका थिए। त्यसपछि सभामुख अग्नि सापकोटाले कांग्रेस सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए । सांसद विश्वकर्माले माघको चिसोमा पनि अख्तियारको कदमले देश नै तातेको भन्दै अख्तियारले पूर्वाग्रही भएर मुद्दा चलाएको दाबी गरे।

अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको कांग्रेसको आरोप छ। अख्तियारको निर्णय पूर्वाग्रहपूर्ण भन्दै हिजो सदन अवरुद्ध गरेको कांग्रेसले आज पनि त्यसलाई निरन्तरता दिएको हो।

हिजो नै कांग्रेसले सरकार र अख्तियारविरुद्ध सडक आन्दोलन पनि घोषणा गरेको छ।

आशन ग्रहणका लागि सभामुखले पटक पटक आग्रह गरे पनि कांग्रेस सांसदहरु नबसेपछि बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

प्रकाशित: Feb 07, 2020| 13:30 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।