बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कलंकीमा दुईजना मारेर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ

कलंकीमा दुईजना मारेर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ

बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिप्पर चालक सिन्धुपाल्चोकमा पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले २६ वर्षीय अनिल लामालाई सिन्धुपाल्चोकबाट पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याएको हो।

कलंकीको अन्डरपासमा बा ४ ख ८५७९ नम्बरको टिप्परले प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको थियो। मृत्यु हुनेमा रौतहट कटहरिया गाउँपालिका–४ का १९ वर्षीय राजेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षीय मुन्ना चौधरी छन्।

प्रकाशित: Feb 07, 2020| 12:51 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।