बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारअगाडि प्रदर्शन गर्ने साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ

अख्तियारअगाडि प्रदर्शन गर्ने साझा पार्टीका नेता-कार्यकर्ता पक्राउ

बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेताहरुलाई जोगाउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि विरोध प्रदर्शनका लागि पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेताहरुलाई जोगाउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय अगाडि विरोध प्रदर्शनका लागि पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ परेका छन्।

आज बिहान अख्यितारको टंगालस्थित मुख्य कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन्। बालुवाटार जग्गा प्रकरणमा ‘एक देश, दुई कानुन’ को व्यवहार भएको भन्दै साझाले विरोध गरेको हो।

पक्राउ पर्नेहरुमा केन्द्रीय सदस्यहरु समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, नारायण कोइराला, शरदराज पाठक, अब्दुस मियाँलगायत रहेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन् ।

पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले आफूहरु अख्तियारमा ज्ञापनपत्र बुझाउन गएको जानकारी दिँदै ज्ञापनपत्र नबुझेपछि बाहिर खुला ठाउँमा प्रदर्शन गर्दा पक्राउ परेको जानकारी दिए।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित: Feb 07, 2020| 12:04 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।