बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले आज पनि सदन अवरुद्ध गर्ने, माइतीघरमा नेविसंघको प्रदर्शन

कांग्रेसले आज पनि सदन अवरुद्ध गर्ने, माइतीघरमा नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ। आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि आक्रोशित बनेको कांग्रेसले हिजो पनि सदन अवरुद्ध गरेको थियो।

अख्तियारले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको उसको आरोप छ। अख्तियारको निर्णय पूर्वाग्रहपूर्ण भन्दै हिजो सदन अवरुद्ध गरेको कांग्रेसले आज पनि त्यसलाई निरन्तरता दिने भएको हो। प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ।

कांग्रेसको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

हिजो नै कांग्रेसले सरकार र अख्तियारविरुद्ध सडक आन्दोलन पनि घोषणा गरेको छ। अख्तियारको विरोधमा विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ।

प्रकाशित: Feb 07, 2020| 11:48 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।