बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुग्यो, ३१ हजार संक्रमित

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुग्यो, ३१ हजार संक्रमित

चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

बेइजिङ– चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ।

National life

चीनका स्वास्थ्य अधिकारीका अनुसार ३१ हजारभन्दा बढी संक्रमित छन्। 

भाइरस संक्रमणबाट बिहीबार ७३ जनाको ज्यान गएको थियो।

स्वास्थ्य अधिकारीका अनुसार चीनमा बुधबार तीन हजार ६ सय ९४ जनामा भाइरस संक्रमण देखिएको पुष्टि भएको छ। संक्रमितमध्ये दुई हजार ९ सय ८७ बिरामी हुबेईको राजधानी वुहानका छन्।

चीनसँगै देशका ३१ देशमा कोरोना भाइरस संक्रमण देखिएको छ। कोरोना भाइरसबाट हङकङ र फिलिपिन्समा पनि एक–एक जनाको ज्यान गइसकेको छ।

चीनमा १९ विदेशी संक्रमित

चीनको विदेश मन्त्रालयले देशमा रहेका १९ विदेशीलाई कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ। यद्यपि, मन्त्रालयले संक्रमित बिरामीबारे अन्य जानकारी भने दिएको छैन।

यसअघि चीनमा चार पाकिस्तानी र दुई अस्टेलियन नागरिक संक्रमित भएको खबर सार्वजनिक भएको थियो।

 

प्रकाशित: Feb 07, 2020| 11:26 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।