बुधबार, भदौ ३, २०८३

दुई छोरीसहित माग्न बसेका लड्डु साहको सडकमै मृत्यु

दुई छोरीसँगै मागेर गुजारा चलाउँदै आएका एक पुरुषको सडकमै मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

वीरगञ्ज- दुई छोरीसँगै मागेर गुजारा चलाउँदै आएका एक पुरुषको सडकमै मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघरमा मागेर बस्ने गरेका लड्डु साह कानुको मृत्यु भएको हो ।

उनी छोरीसहित बिहीबार राति घण्टाघर छेउमै रहेको प्रतिक्षालयमा बसेका थिए । सोही स्थानमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवसँगै बसिरहेका मृतकको छोरी बताउने १० वर्षीया सरस्वति कुमारी र ८ वर्षीया आरती कुमारीसँग सोधपुछ गर्दा आफूहरु बुवासँगै मागी खाई गुजारा चलाईरहेको तथा आमाको केही वर्ष अगाडि मृत्यु भएको भनि बताएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बाबु निधनपछि अलपत्र परेका दुई छोरीलाई बाल हेल्प लाईन वीरगञ्जमा पठाइएको छ ।

 

प्रकाशित: Feb 07, 2020| 11:20 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।