बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसको पहिलो सूचना दिने डाक्टरको कोरोनाबाटै मृत्यु

कोरोना भाइरसको पहिलो सूचना दिने डाक्टरको कोरोनाबाटै मृत्यु

कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनेर सबैभन्दा पहिला सुचना दिने एक डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

एजेन्सी- कोरोना भाइरसको संक्रमण चीनमा फैलिँदै छ भनेर सबैभन्दा पहिला सुचना दिने एक डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

नेत्ररोग विशेषज्ञ ली वेनलिङ नाम गरेका ती डाक्टरले गत डिसेम्बरमै यो भाइरस देखापरेको र आफू पनि त्यसबाट संक्रमित भएको भनी बताएका थिए ।

तर, उनले दिएको सूचना हावादारी भएको, जनतामा भ्रम छर्ने काम गरेको र हुँदै नभएको रोगका विषयमा हल्ला फिजाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । कोरोनाको संक्रमण फैलिन थालेपछि प्रहरीले उनलाई छाडेको थियो ।

उनै कोरोनाको भाइर सम्बन्धी सुचना दिने डाक्टरको निधन कोरोना भाइरसकै संक्रमणबाट निधन भएको विश्व स्वाथ्य संगठनले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुहान केन्द्रीय अस्पतालले चिनियाँ सोसल मिडिया प्लेटफर्ममा पनि उनको मृत्युबारे बताएको छ ।

उनको मृत्युबारे विरोधाभासी रिपोर्टहरु आएका थिए, तर चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीले पनि यो कुराको पुष्टि गरेपछि उनको निधन बिहीबार राति भएको पुष्टि भएको हो ।

३४ वर्षीय ली को मृत्यको समाचार चीनबाहेक अन्य ठूला अन्तर्राष्ट्रिय मिडियाले कभरेज गरेपछि यो घटनाप्रति संसारभरका मानिसको ध्यान केन्द्रित भएको छ।

प्रकाशित: Feb 07, 2020| 09:00 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।