बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्लुङमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु

बाग्लुङमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु

जिल्लाको तमानखोला गाउँपालिकामा जन्ती लिएर आएको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

बाग्लुङ– जिल्लाको तमानखोला गाउँपालिकामा जन्ती लिएर आएको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बाेंगादोभानमा जन्ती लिएर आएको ग१त ५७६२ नम्बरको ट्रयाक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी, मालिका गाउँपालिका–२ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्, जसमा म्याग्दी मालिका गाउँपालिका–२ का ४८ वर्षीय ममप्रसाद पुन, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीय गौमाया पुन छन्।

उनीहरूलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पाको मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियाे। 

ट्याक्टरमा ३५ जना सवार रहेको प्रहरीकाे भनाइ छ। 

ट्याक्टर चालक रमेश घर्ती नियन्त्रणमा रहेको र घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 07, 2020| 08:09 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।