बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिए 

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको क्वाटरफाइनलबाटै बाहिरिए 

प्रतियोगिताको मुख्य दावेदार मानिएका रियल मड्रिड र बार्सिलोना स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलबाट बहिरिएका छन्।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

बार्सिलाेना– स्पेनिस कोपा डेल रेको उपाधि दाबेदार मानिएका रियल मड्रिड र बार्सिलोना क्वाटरफाइनलबाट बहिरिएका छन्।

कोपा डेल रेको बिहीबार राति भएको खेलमा पराजित हुँदै दुवै टोली प्रतियोगिताबाट बाहिरिएका हुन्।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ३–४ ले पराजित भयो।

खेलको २२ औं मिनेटमा सोसिडाडका मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। उनको गोलले सोसिडाड पहिलो हाफमा १ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा सोसिडाडले ३ गोल थप्यो। खेलको ५४ औैं र ५६ औं मिनेटमा अलेक्जेन्डर इसाकले गोल गरे। उनको लगातार २ गोल पछि सोसिडाडले ३ गोलको अग्रता बनायो।

यता मड्रिडका लागि खेलको ५९ औं मिनेटमा ब्राहिमको पासमा गोल गर्दै मार्सेल्लोले खाता खोले। तर, ६९ औं मिनेटमा मिचेल मेरिनोले गोल गर्दै सोसिडाडलाई ४–१ को अवस्थामा पुर्‍याए।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोड्रिगो र अतिरिक्त समयमा नाचोले गोल गर्दै रियललाई खेलमा फर्काउन प्रयास गरे पनि यसका लागि उनीहरूको गोल पर्याप्त हुन सकेन। र, सोसिडाडले खेल ४–३ ले आफ्नो पक्षमा पार्‍यो।

बिहीबार राति नै भएको अर्को खेलमा बार्सिलोना पनि एथ्लेटिक बिल्बाओ क्लबसँग पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा सर्जियो बसक्वेट्सले आत्मघाती गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो।

प्रकाशित: Feb 07, 2020| 07:37 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।