बुधबार, भदौ ३, २०८३

जाजरकोटमा १७ वटा छाउगोठ भत्काइयो

सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न जाजरकोटमा छाउगोठ भत्काउने अभियानलाई तीब्र पारिएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

सुर्खेत- सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्न जाजरकोटमा छाउगोठ भत्काउने अभियानलाई तीब्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले बुधबार मात्रै १७ वटा छाउगोठ भत्काइएको छ। जुनीचाँदे गाउँपालिका–४ लुहादहका विभिन्न टोलमा रहेका १७ वटा छाउगोठहरु भत्काएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) किशोर श्रेष्ठ अनुसार इलाका प्रहरी कार्यालय गर्खाकोटको अगुवाईमा स्थानीय नागरिक, आमा समूह र राजनीतिक दलका प्रतिनिधिको सहयोगमा छाउगोठ भत्काइएको हो।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले छाउपडी प्रथालाई निरन्तरता दिनेलाई वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता र सहुलियत कर्जा रोक्ने निर्णय गरिएको छ।

प्रकाशित: Feb 06, 2020| 20:12 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।