बुधबार, असार ३१, २०८३

इपिएललाई आइसिसीको मान्यता

आगामी चैत १ गतेदेखि १५ गतेसम्म चल्ने एभरेष्ट प्रिमियर लिगका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले मान्यता प्रदान गरेको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं - आगामी चैत १ गतेदेखि १५ गतेसम्म चल्ने एभरेष्ट प्रिमियर लिगका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले मान्यता प्रदान गरेको छ। किर्तिपुरस्थित टियु क्रिकेट मैदनमा हुने खेलका लागि आइसिसीले मान्यता दिएको हो। आयोजकले बिहीबार आइसिसीले मान्यता दिएको बारे जानकारी दिएको छ।

आउँदो सिजनको इपिएल खेल्न वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, अफगानीस्तानका मोहम्मद शेहजादलगायतका विश्व चर्चित खेलाडी नेपाल आउने भएका छन्। यस्तै अन्य चर्चित विदेशी खेलाडी पनि इपिएलका लागि ल्याउने तयारी भैरहेको क्लबहरुले जनाएका छन्।

लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: Feb 06, 2020| 17:45 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।