बुधबार, भदौ ३, २०८३

पत्रकार–उपमहानगर विवादले कार्यालयको काम ठप्प

यता कर्मचारी आन्दोलनका कारण सेवाग्राही समस्यामा परेको भन्दै केही वडाध्यक्षहरुले कार्यालय सञ्चालन गर्न माग गरेका छन् ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको कार्यकक्षमा पत्रकार र कर्मचारीबीच केही दिनअघि भएको विवादमा सहमति कार्यान्वयन नभएको भन्दै उपमहानगरपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

नगरपालिका कर्मचारी एसोसिएसनले पुस २८ गते भएको सम्झौता कार्यान्वयन नभएको भन्दै कामकाज ठप्प पारेका हुन् । माघ २३ गतेसम्म दिएको अल्टिमेटमअनुसार सम्झौता कार्यान्वयन नभएको भन्दै आफूहरुले कामकाज ठप्प पारेको एसोसिएसनका अध्यक्ष कृष्णकुमार झाले बताए ।

पत्रकाउपर कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवा व्यवसायी धर्मेन्द्र साहलाई पक्राउ गरेपछि कर्मचारीहरुले एकतर्फी रुपमा मात्र सम्झौता कार्यान्वयन भएको बताउँदै कामकाज ठप्प पारेका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवाग्राहीहरु समस्यामा परेका छन् ।

यता कर्मचारी आन्दोलनका कारण सेवाग्राही समस्यामा परेको भन्दै केही वडाध्यक्षहरुले कार्यालय सञ्चालन गर्न माग गरेका छन् ।

उपमहानगरपालिकाका आठजना वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गरेर कामकाज ठप्प भएपछि आमनागरिक पाउनुपर्ने सेवासुविधाबाट बञ्चित हुनु परेकोले कार्यालय सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।

वडाध्यक्षहरु शत्रुध्न यादव, परमेश्वर साह, मिथिलेशकुमार कर्ण, उमेश यादव, मनोज साह, शिवकुमार साह, अशोककुमार चौधरी र शत्रुध्न पाण्डेयले जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता कार्यान्वयन, उच्चस्तरीय आयोग गठन गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही एवं पीडितलाई क्षतिपूर्ति उपलब्ध गराएर कार्यालय सञ्चालन गराउन माग गरेका छन् ।

प्रकाशित: Feb 06, 2020| 17:19 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।