काठमाडौं– काठमाडौंमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिपक्षीय शृंखलाको आजको खेलमा ओमनले जित हात पारको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमनले अमेरिकाविरुद्ध ५ विकेटले जित हात पारेको हो।
पहिले टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बानाएको थियो। २१४ रनको लक्ष्य पछ्याइको ओमनले ४९.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो।
जितका लागि अकिब इल्यासले सर्वाधिक ७२ रनको योगदान दिए। उनले ११० बलमा ६ चौका र २ छक्काका साथ ७२ रन जोड्न सफल भए। उनलाई ३७.४ ओभरमा थेरनले पेभिलियन फर्काउँदा अमेरिकालाई ठूलो सफलता हात परेको थियो।
ओमनका तर्फबाट खवार अलीले ३१ रन जोडे। त्यस्तै जिसन मक्सोदले ११ रन जाडे भने मोहम्मद नदिमले अविजित ५५ रन बनाए। सुरज कुमारले अविजित ३३ रनको योगदान दिए।
अमेरिकाका लागि सौरभ नेत्रावाल्कर, रस्टी थेरन, आयन हल्यान्ड र स्टेभेन टेलरले विकेट लिएका थिए।
त्यअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित पूरा ओभर खेल्दै १० विकेटको क्षतीमा २१३ रन बनाएको थियो।
अमेरिकाका लागि आयन होल्यान्डले अर्धसतकिय ६५ रनको पारी खेले। उनले ७६ बलमा ७ चौकाका साथ ६५ रन बनाए। आयनलाई ओमनका अकिब इल्यासले पेभिलियन फर्काएका थिए। त्यस्तै, अक्षय होमराजले ५३ बलमा ४४ रनको योगदान दिए।
जेभियर मार्सलले १३, आरोन जोन्सले १२, मोनांक पटेलले १९ र टिमिल पटेलले १६ रन बनाए। त्यस्तै, रस्टि थेरोनले १० रन बनाउँदै अन्तिम बलमा आउट बने।
कप्तान सौरव नेत्राभल्करले अविजित १४ रन बनाए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन ल्याउन सकेनन्।
ओमनका तर्फबाट मोहम्मद नदिमले ३ विकेट लिए भने जिसन मक्सोद, अकिब इल्यास र बिलाल खानले समन दुई विकेट लिए । एक विकेट लिनेमा कालीमुल्लाह रहे।
यो जितसँगै ओमानले अंक तालिकामा सुधार गरेको छ। उसले ८ खेलमा ६ जितका साथ १२ अंक बनाएको छ। समान १२ अंक भएको अमेरिका तालिकाको शीर्षस्थानमा छ। अमेरिकाले ९ खेलमा १२ अंक बनाएको हो।