बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिगः आर्मी पुनः शीर्ष स्थानमै

जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको दोस्रो खेलको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोलअन्तरले हराएको हो।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको दोस्रो खेलको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले सशस्त्र प्रहरीको एपिएफलाई २–१ गोलअन्तरले हराएको हो।

जितसँगै आर्मी पुनः अंक तालिकाको शीर्षस्थानमा आएको छ। खेलको १६ औं मिनेटमै सन्तोष तामाङले गोल गरेर आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले प्रहार गरेको गोल सुरुमा एपिएफका किपर राजु योगीले रोके पनि बल फर्किएर उनीतिरै गएको थियो। उनले दोस्रो पटक पनि बललाई पोस्टतर्फ हानेपछि भने गोल हुन सफल भयो।

पहिलो हाफमा एपिएफका आशिष लामाले पनि गोल गरे। उनले खेलको ३७ औं मिनेटमा गोल गरेपछि एपिएफले आर्मीसँग बराबरी बनाएको थियो। रमेश ढुंगेलले हेडमार्फत गरेको एसिस्टलाई उनले गोलमा परिणत गरे।

एपिएफको गोलसँगै बराबरीमा आएको आर्मीका तर्फबाट सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल ४१ औं मिनेटमा गरे। गोलसँगै आर्मी क्लब पहिलो हाफमा २–१ को अग्रतामा रह्यो।

दोस्रो हाफको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफको नतिजा नै खेलको अन्तिम नतिजा बनेको थियो।

जितसँगै त्रिभुवन आर्मी क्लब अंक तालिकाको शीर्ष स्थानमा आएको छ। उसले ११ खेलमा ८ जित र २ बराबरी खेल्दै २६ अंक बनाएको छ। अघिल्लो खेलमा जित हात पारेर शीर्ष स्थानमा उक्लिएको मछिन्द्रलाई आर्मीले पुनः पछि पारेको हो।

मछिन्द्र क्लब तालिकाको दोस्रो स्थानमा छ। ऊ ११ खेलमा ८ जित र २ बराबरी खेल्दै २५ अंक बनाउँदै आर्मीलाई पछ्याइरहेको छ।
उता, लगातार हारको सामना गरिरहेको एपिएफ रेलिगेशन जोनभन्दा एक स्थान माथि छ।

प्रकाशित: Feb 06, 2020| 17:04 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।