बुधबार, भदौ ३, २०८३

सशस्त्र प्रहरीको डीआईजीमा पाँचजनाको बढुवा

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। बढुवा हुनेमा कृष्णभक्त ब्रम्हाचार्य, वंशीराज दाहाल, हरिशंकर बुढाथोकी, इन्जिनियर किशोर प्रधान र राजेन्द्र बस्नेत छन्।

गृह सचिवको अध्यक्षतामा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य सचिव रहेको बढुवा सिफारिस समितिको बैठकले बढुवाको निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अजयकुमार छत्कुलीले जानकारी दिए।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकबाट नायव महानिरीक्षकमा पदोन्नति भएका ५ जनालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रकाशित: Feb 06, 2020| 16:44 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।