बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चीनमा रहेका नेपालीका अभिभावक धर्नामा, मन्त्री भन्छन्– ल्याउने तयारी गर्दैछौं

चीनमा रहेका नेपालीका अभिभावक धर्नामा, मन्त्री भन्छन्– ल्याउने तयारी गर्दैछौं

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपालीलाई फर्काउन सरकार प्रयत्नरत रहेको बताएका छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनमा रहेका नेपालीलाई फर्काउन सरकार प्रयत्नरत रहेको बताएका छन्।

चीनमा रहेका नेपालीका अभिभावकहरुले आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले जहाजको समस्या नभएको र राख्ने ठाउँमा पहिचानसमेत भइसकेको बताउँदै अन्य केही तयारी गरेर उनीहरुको उद्धार गरिने बताए ।

आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गर्दै अभिभावकहरु स्वास्थ्य मन्त्रालयमा धर्नामा बसेका छन्। उनीहरुले आफ्ना छोराछोरीलाई चाँडो फिर्ता ल्याएर ज्यान बचाउन माग गरेका छन्।

चीनको वुहानमा कोरोना भाइरसको महामारी फैलिएको छ। त्यहाँबाट स्वदेश फर्किन १८० नेपालीले फर्म भरेका छन्। यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

प्रकाशित: Feb 06, 2020| 16:16 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।