बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटार जग्गा प्रकरणमा ‘लाल फित्ताधारी र श्वेत फित्ताधारी’काे व्यवहार भएको छैन : बाँस्कोटा

बालुवाटार जग्गा प्रकरणमा ‘लाल फित्ताधारी र श्वेत फित्ताधारी’काे व्यवहार भएको छैन : बाँस्कोटा

 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेच प्रकरणमा कसैलाई नफसाइएको प्रष्टीकरण दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारलाई नियतवश फसाइएको आरोप लगाइरहेको सन्दर्भमा उनले यस्तो दाबी गरेका हुन्।

‘कसैलाई फसाइएको होइन । कसैलाई ‘लाल फित्ताधारी र श्वेत फित्ताधारी’ भएको छैन,’ बाँस्कोटाले भने, ‘घटना आज भएको होइन । सरकारले सूचना थाहा पाएपछि कारवाही प्रक्रिया थालेको हो । १७५ जनालाई मुद्दा लागेको छ, अदालतले जे फैसला गर्छ, त्यही अन्तिम हुन्छ । सरकारले त्यहीअनुसार कार्यान्वयन गर्छ ।’

चीनमा फैलिएको कोरोना भाइरसबारे विश्व नै संवेदनशील भएको र नेपाल पनि आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि चिन्तित भएको उनले बताए । ‘नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि हामी चिनियाँ नागरिक सरह संवेदनशील छौं भनेर चीनले भनेको छ। अभिभावक आत्तिनु स्वाभाविक हो। सरकार पनि चिन्तित छ,’ उनले भने ।

चीनबाट ल्याइने विद्यार्थीलाई केही समयका लागि राख्न चार ठाउँ पहिचान गरिएको जानकारी उनले दिए । ‘उनीहरुलाई १४ दिन छुट्टै राख्नुपर्ने हुन्छ । जहाजको समस्या होइन, अरु तयारी पनि चाहिन्छ, त्यो हामी गरिरहेका छौं । एकजना विद्यार्थीले फोन गरेका थिए । तापईहरु सुरक्षित हुनुहुन्छ भनेर आश्वस्त बनाएँ । दूतावासले समन्वय गरिरहेको छ । छिटै नेपाल ल्याउँछौं उहाँहरुलाई । संक्रमण भइहालेको छ भने चीनले ल्याउन पनि दिँदैन,’ उनले थपे। अहिलेसम्म कोही नेपालीलाई संक्रमण नभएको उनले बताए ।

उनी आज सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै थिए ।

प्रकाशित: Feb 06, 2020| 16:05 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।