बुधबार, भदौ ३, २०८३

जिपको ठक्करबाट बालकको मृत्यु भएपछि सडक अवरुद्ध

दार्चुलामा जिपको ठक्करले बालकको मृत्यु भएपछि गोकुलेश्वर-विटुले-पारिबगर सडकखण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको नायलमा जिपको ठक्करबाट सोही ठाउँका ५ वर्षीय बालक महेश्वर महरको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

दार्चुला - दार्चुलामा जिपको ठक्करले बालकको मृत्यु भएपछि गोकुलेश्वर-विटुले-पारिबगर सडकखण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको नायलमा जिपको ठक्करबाट सोही ठाउँका ५ वर्षीय बालक महेश्वर महरको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन्।

शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरबाट कर्कले जाँदै गरेको बा१३च २०४१ नम्बरको स्कारपियोको ठक्करबाट महरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए।

पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै सडक बालकको शवसमेत उठाउन दिएका छैनन्। जिप चालक बर्दियाका २६ वर्षीय शेरबहादुर पुन मगर र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 06, 2020| 15:58 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।