आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारले लाइसेन्स लिनु नपर्ने गरी मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

पत्रकारले लाइसेन्स लिनु नपर्ने गरी मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

नेपाल मिडिया काउन्सिल विधेयक सर्वसम्मत राष्ट्रियसभाबाट पारित भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।

National life

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्णयार्थ पेस गरेको उक्त विधेयक पारित भएको घोषणा ध्वनि मतका आधारमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका हुन् ।

बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक पारित गरेको छ। सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पत्रकारले लाइसेन्स लिने विषय हटाइएको बताए ।

कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो। सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले तर्क गरे ।

प्रकाशित: Feb 06, 2020| 15:05 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।