बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुलिस रिपोर्ट बनाउन जाँदा डीएसपीबाटै यौन दुर्व्यवहार, पीडितले दिइन् किटानी जाहेरी

पुलिस रिपोर्ट बनाउन जाँदा डीएसपीबाटै यौन दुर्व्यवहार, पीडितले दिइन् किटानी जाहेरी

प्रहरी रिपोर्ट बनाउन गएको मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँ जाँदा सहयोग गर्ने बहानामा खिउजुले एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीले दाबी गरेकी छिन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणीमा किटानी जाहेरी दर्ता भएको छ। ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा बुधबार दिएको किटानी जाहेरी बिहीबार दर्ता भएको हो।

ललितपुर प्रहरी प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक टेकप्रसाद राईले खिउजुविरुद्ध परेको जाहेरी दर्ता भएको जानकारी दिए। पीडित युवती बुधबार साँझ प्रहरीमा पुगेकी थिइन्। उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो।

प्रहरी रिपोर्ट बनाउन गएको मंसिर ३० गते महानगरीय प्रहरी वृत्त, चापागाउँ जाँदा सहयोग गर्ने बहानामा खिउजुले एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको पीडित युवतीले दाबी गरेकी छिन्।

उक्त गलत क्रियाकलापको तस्बिरसमेत खिचेर आफूलाई ‘ब्ल्याकमेल’ गरेको पीडितको भनाइ छ। त्यसपछि पनि पटक–पटक खिउजुले शारीरिक शोषण गरेको उनको दाबी छ।

खिउजुले हालैमात्र स्वेच्छिक अवकास लिएका छन्।

प्रकाशित: Feb 06, 2020| 14:19 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।