बुधबार, असार ३१, २०८३

सरस्वतीको गोलपोष्टमा मछिन्द्रको आधा दर्जन गोल

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई जारी लिगकै ठूलो गोलअन्तरले हराएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई जारी लिगकै ठूलो गोलअन्तरले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा लिग दाबेदार मछिन्द्र क्लबले रेलिगेशन जोनको सरस्वती युथ क्लबलाई ६-१ ले हराएको हो।

खेलको पहिलो हाफमा एक गोलको मात्रै अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पाँच गोल थप्यो। देवेन्द्र तामाङले खेलका ४० औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

त्यस्तै, खेलको दोस्रो हाफमा दिपक राईले दुई गोल तथा विसाल राई, एडिलेजा सोमिडे, आन्ड्रेस नियाले एक/एक गोल गरे। खेलको ८७ औं मिनेटमा सरस्वतीका काजिम बुसारीले सान्त्वना गोल फर्काए।

जितसँगै मछिन्द्र तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ११ खेलमा ८ जित र २ बराबरी खेल्दै २५ अंक बनाएको छ। दोस्रो स्थानमा रहेका त्रिभुवन आर्मी क्लबको २३ अंक छ। उता, लगातार हारको सामना गरिरहेको सरस्वती युथ क्लब रेलिगेशन जोन भन्दा माथि उठ्न सकिरहेको छैन्।

प्रकाशित: Feb 06, 2020| 14:11 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।