शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेकपाद्वारा संसदमा विष्णु पौडेलको बचाउ, कांग्रेसको आलोचना

नेकपाद्वारा संसदमा विष्णु पौडेलको बचाउ, कांग्रेसको आलोचना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बालुवाटार काण्डमा आफ्ना नेताहरुको बचाउ गरेका छन्।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बालुवाटार काण्डमा आफ्ना नेताहरुको बचाउ गरेका छन्। राष्ट्रियसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपा सांसद रामनारायण विडारीले जग्गा खरिद गर्ने महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधव कुमार नेपालको बचाउ गरेका हुन्।

National life

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आलोचनासमेत गरेका छन्। ‘भ्रष्टाचार विरुद्धको कारवाहीमा किन विरोध गरेको ?’ भनेर प्रश्न गर्दै विडारीले भने, ‘यही सरकारले सुन तस्कारलाई पक्राउ गर्यो। तर, पनि खोइ ठूलो माछा भनेर उफ्रिएका छन्। न्यायाधिशलाई पनि कारवाही गरिएको छ। प्रहरीका हाकिमहरु पनि झ्यालखानामा छन्। अख्तियारका आयुक्त पनि कारवाहीमा परे। उपप्रधानमन्त्री भएर बसेका, मन्त्रीहरु बनेर बसेका र ठूला व्यापारीहरुलाई कारवाही गर्यो। सरकारलाई धन्यवाद दिनुपर्ने होइन र ?’

विडारीले थपे, ‘कारवाही गरे पनि फलानोलाई किन नगरेको उसलाई किन गरेको भनेर भन्छन्। मनसाय बेगर गरेको काम अपराध हुँदैन। आफ्नो मान्छे परे विरोध गर्ने काम कति समयसम्म नेपालले खप्ने ? मान्छेले जग्गा किन्छ, पछि जग्गा किनेपछि उसलाई के थाहा हुन्छ ? कसलाई मुद्दा चलाउने कसलाई नचलाउने भनेर निर्क्योल गर्ने काम महान्याधिवक्ताको हो, प्रतिपक्षीको होइन।’

अब अदालतले फैसला गर्ने बताउँदै विडारीले बहुमतको सरकारको आलोचना गर्ने कांग्रेसलाई पनि बहुमत ल्याएर देखाउन चुनौती दिए । नत्र संविधान संशोधन गरेर प्रतिपक्षीले सरकार चलाउने र बहुमत ल्याउने प्रतिपक्षमा बस्ने व्यवस्था गर्नुपर्ने भन्दै उनले व्यंग्य पनि गरे।

प्रकाशित: Feb 06, 2020| 14:09 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।