काठमाडौं - लसुनको मूल्य चर्को भएको भन्दै राष्ट्रियसभा बैठकमा चर्चा भएको छ। बिहीबारको राष्ट्रियसभा बैठकमा सांसद नन्दा चपागाईँले लसुनको चर्चा गरेकी हुन्।
चीनबाट आउने लसुन रोकिएकोले नेपालमा मूल्य वृद्धि भएको जानकारी दिँदै उनले लसुन नेपालमै उत्पादन गराउन नेपाल सरकारसँग माग गरिन्।
‘हाम्रो देश कृषिप्रधान देश भनिन्छ। तर चीनको तातोपानी नाकाबाट आयत हुने लसुन रोकिएको छ। जसकारण लसुनलगायतका तरकारीहरुको मूल्य वृद्धि भएको छ’ उनले भनिन्, ‘नेपाली कृषकहरुलाई लसुन उत्पादन गर्न नेपाल सरकारले प्रोत्साहन गर्नुपर्छ।’