बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयातित औषधीलाई बन्देज लगाउने सरकारको नीति छैन : विभाग

आयातित औषधीलाई बन्देज लगाउने सरकारको नीति छैन : विभाग

विदेशबाट आयात गरिने औषधिलाई बन्देज लगाउने सरकारको नीति नरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– विदेशबाट आयात गरिने औषधिलाई बन्देज लगाउने सरकारको नीति नरहेको औषधि व्यवस्था विभागले जनाएको छ।

विभागको प्रथम चौमासिक समीक्षा कार्यक्रममा महानिर्देशक नारायण ढकालले सरकारले औषधि आयातलाई निरुत्साहित गर्न नखोजेको बताए। तर, नेपालमा उत्पादन हुने खालका औषधिलाई भने आवश्यकता अनुसार आयातमा रोक लगाउन सकिने उनले प्रष्ट्याए। स्वदेशी उत्पादनलाई बढावा दिने सरकारको नीति रहेको उनको भनाइ छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले नेपालमा रहेका अनधिकृत रूपमा सञ्चालन रहेका फार्मेसीलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन आवश्यक भएको बताए।

कतिपय फार्मेसी बिना लाइसेन्स वा अर्काको लाइसेन्स सञ्चालन भइरहेको बताउँदै उनले त्यस्तो गरेको पाइएमा कारबाही गरिने बताए।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले गरेका निर्णयको कार्यान्वयन नभएको गुनासो गरे। उनले विदेशी औषधि आयात गर्ने नीति बन्द नगर्न आग्रह गरे।

औषधी व्यवस्था विभागका सन्तोष केसीले पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा नियमन गर्न नसकेको बताए। 

नेपालमा २३ हजारभन्दा बढी औषधि पसल दर्ता छन् भने ६३ भन्दा बढी आयुर्वेद औषधि उद्योग स्थापना भएका छन्। त्यस्तै, ३७५ भन्दा बढी विदेशी औषधि उद्योग छन्। 

विभागमा १ सय १५ जना मात्रै जनशक्ति छन्। 

पर्याप्त जनशक्ति नहुँदा करारमा कर्मचारी लिएर गर्नुपर्ने अवस्था रहेको केसीले बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय, महालेखा परिक्षकको कार्यालयले अनुगमन र निरीक्षण करार सेवाका कर्मचारीबाट नगराउनू भनी निर्देशन दिए पनि कर्मचारी अभावले आफूहरू बाध्य भएको उनले बताए ।

प्रकाशित: Feb 06, 2020| 12:51 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।