बुधबार, भदौ ३, २०८३

अस्पतालका व्यावसायिक सटरमा डोजर चलेपछि...

लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ। प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ। प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ।

यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर महिनाभरिमा व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीन महिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध केही व्यवसायीले रुपन्देही जिल्ला अदालतमा दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४८ घण्टाको म्याद दिएर सटर खाली गर्न सूचना जारी गरेको थियो ।

उक्त म्याद सकिएपछि आज बिहान अस्पताल प्रशासनले सुरक्षाकर्मी परिचानल गरेर डोजर लगाई सटर भत्काएको छ । अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन शुरु गरेको हो । सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको हो । अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा व्यावसायिक मेडिकल तथा अन्य व्यवसाय सञ्चालनमा रहेका थिए । अस्पताललाई स्तरोन्नति गर्न गुरुयोजना निर्माण गरेर काम अघि बढाउने प्रक्रिया शुरु भइसकेकाले छिट्टै नै अस्पतालको बाहिरी पर्खाललगायत अन्य पूर्वाधार निर्माणको कामसम्पन्न गरिने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनालाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा (क्याथ ल्याब, न्युरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेशन लगायत) विस्तार गर्ने प्रदेश अस्पताललाई रिफरल अस्पतालका रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।
रासस

प्रकाशित: Feb 06, 2020| 12:51 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।