बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गच्छदारलाई फसाइएको कांग्रेसको निष्कर्ष, आजै आन्दोलन घोषणा गर्ने

गच्छदारलाई फसाइएको कांग्रेसको निष्कर्ष, आजै आन्दोलन घोषणा गर्ने

आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले यसविरुद्ध आन्दोलन गर्ने भएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

काठमाडौं– आफ्नो पार्टीका उपसभापति तथा सांसद विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रुष्ट बनेको प्रमुख प्रतिपक्षी नेपालीकांग्रेसले यसविरुद्ध आन्दोलन गर्ने भएको छ।

आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सरकारले प्रतिशोधपूर्ण तरिकाले उपसभापति गच्छदारविरुद्ध मुद्दा दायर गरेको भन्दै आन्दोलनको निर्णय गरेको हो। मन्त्रिपरिषदबाट भएको नीतिगत निर्णयमा गच्छदारलाई फसाउन खोजिएको निष्कर्ष बैठकले निकालेको छ ।

आन्दोलनका कार्यक्रम तय गर्न आज अपरान्ह ३ बजे पार्टीका भ्रातृ संगठनहरुलाई केन्द्रीय कार्यालयमा बोलाइएको छ। भ्रातृ संस्थाहरुसँगको छलफलपछि आजै आन्दोलनका कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ। आन्दोलनको स्वरुप कस्तो हुने भन्ने बताइएको छैन।

अख्तियारले गच्छदारसहित तीन पूर्व मन्त्रीविरुद्ध मुद्दा चलाएको छ। ११४ रोपनी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले १७५ जना विरुद्ध १० अर्ब बढीको बिगो दावी मागसहित मुद्दा चलाएको हो।

प्रकाशित: Feb 06, 2020| 12:38 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।