बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोना आतंकः सांघाईले रोक्यो सबै खेल प्रतियोगिता, ग्रान्ड प्रिक्स पनि प्रभावित हुने

कोरोना आतंकः सांघाईले रोक्यो सबै खेल प्रतियोगिता, ग्रान्ड प्रिक्स पनि प्रभावित हुने

सांघाईको स्पोर्टस् अथोरेटीले कोरोना भाइरसका कारण सबै स्पोर्टस् आयोजनालाई रोक लगाउन निर्देशन दिएको छ। चीनको सांघाईमा आगामी अप्रिल १९ बाट सुरु हुने फर्मुला वान अन्तर्गतको ‘चिनियाँ ग्रान्ड प्रिक्स’लाई पनि यो निर्देशनले प्रभाव पार्ने देखिएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

सांघाई – सांघाईको स्पोर्टस् अथोरेटीले कोरोना भाइरसका कारण सबै स्पोर्टस् आयोजनालाई रोक लगाउन निर्देशन दिएको छ। चीनको सांघाईमा आगामी अप्रिल १९ बाट सुरु हुने फर्मुला वान अन्तर्गतको ‘चिनियाँ ग्रान्ड प्रिक्स’लाई पनि यो निर्देशनले प्रभाव पार्ने देखिएको छ।

सांघाई स्पोर्टस् जनरल एसोसिएसनले सहरका सबै खेल संस्थाहरुलाई भाइरसको संक्रमण अन्त्य नभएसम्म कुनै खेल आयोजना नगर्न निर्देशन दिएको हो। निर्देशनका साथै उसले संक्रमणबाट बच्नका लागि सबैलाई स्वस्थ बाटो अपनाउन अनुरोध गरेको छ।

उसले भनेको छ, ‘आन्तरिक संक्रमणबाट बच्न र महामारी रोकथामका लागि योजना बनाउन अनुरोध गर्दछौं। साथै, दैनिक स्वच्छता व्यवस्थापन प्रणाली लागू गर्न, स्वास्थ्य शिक्षालाई सुदृढिकरण गर्न कर्मचारीहरुलाई आफैंको सुरक्षाका लागि पनि आग्रह गर्दछौं।’

सांघाईको यो निर्देशनमा एफ वान कतै उल्लेख नभए पनि चिनियाँ ग्रान्ड प्रिक्स सर्ने भने निश्चित भएको छ। सांघाईले गरेको खेल स्थगन सम्बन्धि निर्णयको व्यवहारिकताबारे फर्मुला वानका अध्यक्षले बैठक बसेर निर्णय लिने बताइएको छ।

२२ प्रतियोगीले भाग लिने प्रतियोगिताका लागि नयाँ मिति पाउन धेरै मुस्किल हुनेछ। अघिबाटै व्यस्त तालिकामा नयाँ मिति निकाल्न धेरै गाह्रो हुने देखिन्छ।

त्यस्तै, अप्रिल ५ बाट भियतनाममा आयोजना हुने प्रतियोगिता पनि रोकिन सक्ने हो कि भनेर खेलाडी चिन्तित बनेका छन्। चिनियाँ सीमाबाट एक सय माइल टाढा रहेको भियतनामको हनोइमा पनि संक्रमणको त्रास हुनसक्ने केही खेलाडीहरुको अनुमान छ। मंगलबार आयोजित फर्मुला वानको एक कार्यक्रममा यस्तो कुरा विभिन्न टिमबाट आएका थिए।

तर, भियतनाममा कोरोनाका १० केसमात्र देखिएका छन्। यो अष्ट्रेलिाया र जर्मनीको भन्दा थोरै हो। त्यसैले हालसम्म यसको चुनौती भने कम नै देखिन्छ।

चिनियाँ सरकारले भाइरसको संक्रमण अरुतिर नफैलियोस् भनेर कदम चालिरहेको छ। यसले १० हजार बेड क्षमताको हस्पिटल बनाउँदै छ भने दुई ठूला हस्पिटल बनिसकेका छन्। यसका अलावा १८ हजार मानिसलाई घरभित्रै बस्न उर्दी जाहेरी गरिसकिएको छ।

प्रकाशित: Feb 06, 2020| 12:15 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।